भोरले विगत एक दसक देखि संचालन गरि रहेको ६ अभियानहरु र डेढ दसक देखि संचालित १ गरी ७ अभियानहरुलाई अहिले सम्म प्राप्त उपलब्धि, सिकाई, र समाजमा परिवर्तीत अवस्था तथा देशमा भएको शासकीय र संरचनागत परिवर्तनलाई मध्यनजर गरी परिमार्जन गरिएको छ जसलाई नयां दसक २०२० देखि २०३० सम्म नयां परिवर्तीत रुपमा संचालन गरिने छ ।
भोरले डेढ दसक देखि आफनो नेतृत्वदायी सहजीकरणमा संचालन गरी रहेका यी सात वटा अभियान मार्फत समाज र देशमा क्याटेलिस्ट (उत्प्रेरक) को भुमिका खेलि नीति तथा रणनीति, समाज तथा ग्राउन्ड जिरो तहमा उल्लेख्य, दुरगामी तथा रणनैतिक दिगो परिवर्तन ल्याउन निरन्तर प्रयासरत रहेको छ । भोरका परिमार्जीत अभियानहरु यस प्रकार रहेका छन् जुन परिवर्तीत स्वरुप, मोडालिटी र प्रक्रियामा अगामी समयमा पनि निरन्तर संचालन भई रहने छ । १. बाल विवाह अन्त्यका लागि राष्ट्रिय अभियान (सन् २००५ देखि) २. दाइजो न्यूनिकरणका लागि राष्ट्रिय अभियान (सन् २००५ देखि) ३. शक्तिहिनको सशक्तिकरणः अति विपन्न वर्गको समग्र उत्थान (सन् २००९ देखि) ४. संस्कृति, सम्पदा र कला संरक्षण प्रवर्दन महाअभियान (सन् २००९ देखि) ५. रिचिङ्ग द अनरिचिडः स्वास्थ्यमा सर्व ब्यापी पंहुच (सन् २०१२ देखि) ६. राइट टु रिजेक्ट एण्ड रिकलः राजनितिक शुद्धताको लागि न्यून्तम शर्त (सन् २०१२ देखि) ७. प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियान (सन् २०१७ देखि) यसै गरी भोरले आफनो पहिलो दसक पुरा गरेको र समाज, प्रदेश र देशको वर्तमान तथा भविष्यको आवश्यकता अनुरुप थप तिन नयां अभियान कार्यान्यवनमा ल्याएको छ जुन यस प्रकार रहेको छ । ८. अभियन्ता सम्मेलन (सन् २०२० देखि) ९. कुल देवता धाम (सन् २०२० देखि) १०. सोहजन (सन् २०२० देखि) दसक देखि संचालित सात अभियानका उपलब्धी, चुनौती, सिकाई र अगामी बाटो लाई समेटेर भोरको दस वर्षे रिपोर्ट तयारीको प्रक्रियामा रहेको छ ।
भोरको उक्त दस वर्षे यात्राको अभिलेख अगामी वैशाख २०७७ मा एक समारोह मार्फत सार्वजनीक गरिने छ तथा यस माथि महत्वपुर्ण टिप्पणीकारहरुका सल्लाह सुझाव पनि लिने योजना रहेको छ ।