आगो लगाएर श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमान पक्राउ

आगो लगाएर श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमान पक्राउ

 राजेन्द्र महतो लहान माघ १३ गते।

सिरहाको औरही गाउँपालिका- ५ नवटोलीमा शुक्रबार राती खाना पकाइरहेको बेला श्रीमानले नै शरीरमा आगो लगाएर श्रीमती अनिता कुमारी यादवको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन। आगोले जलेर गम्भिर घाइते भएकी विनोद यादवकी २५ वर्षीया श्रीमती अनितादेवी यादवलाई विराटनगरमा उपचार सम्भव नभएपछि उपचारको क्रममा आइतबार बिहान काठमाडौं मा मृत्यु भएको प्रहरीले बताएका छन। प्रहरी ब्यानको क्रममा मृतकका श्रीमान विनोद यादवले नै आगो लगाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताएका छन। माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरी गरेपछि विराटनगरबाट श्रीमान विनोदलाई नियन्त्रणमा लिइएको प्रहरी ले बताएका छन। औरही गाउँपालिका- १ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । वैदेशिक रोजगारीमा गत हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजुले अनिता चरित्रको विषयमा कुरा लगाएर आगो लगाएको हजूरबा सुदीलाल यादवले बताएका छ्न। वैदेशिक रोजगारीबाट आएका विनोद र अनिताको सम्बन्ध राम्रो नगरहेको स्थानीयले बताएका छन। औरही गाउँपालिकाका कार्यपालिका सदस्य कामेश्वर सिंहले घटना लगत्तै थाहा पाएपछि उनको घर पुग्दा आगोले जलेर सख्त घाइते भएकी अनितालाई हेर्न नसकेपछि आफू घर फर्किएको बताएका छन ।

सम्बन्धित खवर