सभामुख सापकोटाविरुद्धको रिट निवेदनमाथि आज पेसी, सपथ पनि आजै

सभामुख सापकोटाविरुद्धको रिट निवेदनमाथि आज पेसी, सपथ पनि आजै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वा्चित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदको पेसी आज तोकिएको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा हिजो पेसी तोकिएको भएपनि सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै मुद्धा दायर गरेका थिए ।
निवेदनमा सापकोटालाई सभामुखमा निर्वा्चित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्या्दित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । प्रतिनिधिसभा बैठकले भने नेता सापकोटालाई हिजै सभामुख निर्वा्चित गरिसकेको छ ।

सम्बन्धित खवर