प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भएको छ प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिको बैठकबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको हो ।
जनकपुरलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतले पारित भएको समितिका संयोजक समेत रहेका यादवले जानकारी दिए ।
यो सहमतिलाई प्रदेश सभाको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ ।प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन ।
![प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2020/01/thumb-1-3.jpg?fit=700%2C483&ssl=1)