झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी चोकमा रहेको जमुना मेडिकल स्टोर एण्ड क्लिनिकमा आगलागी हुँदा २ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
विद्युत सर्ट भई गएराति आगलागी हुँदा क्लिनिकमा रहेका औषधीसहित फर्निचरका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ओखलढुंगाको चम्फादेवी गाउँपालिका–३ का तिलकबहादुर घिमिरे खत्रीको घरमा पनि शनिबार साँझ आगलागी भएको छ ।
आगलागी हुँदा घरसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा सबै जलेर नष्ट हुँदा ६ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
