सप्तकोसीमा जल यातायात ः घट्यो दूरी, फेरियो जीवनशैली

सप्तकोसीमा जल यातायात ः घट्यो दूरी, फेरियो जीवनशैली

विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो ।

सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकाम  देखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् ।

सुनसरीको वराहक्षेत्र–१, चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल हलेदे सिम्लेसम्मको जल यातायातले स्थानीयको जीवनशैलीसमेत परिवर्तन भएको छ । यसैगरी उदपयुरको बेलका गाउँपालिकाका नागरिकलाई समेत जल यातायातले सहज बनाएको छ ।
विराटनगरबाट एक घण्टामा चतरा पुगेपछि १५ मिनेटमै भोजपुरको हतुवागडी हसनपुर (हलेदे) पुगिन्छ । हसनपुरदेखि २२ किलोमिटर दूरीमा घोडेटार पर्दछ । विराटनगर–घोडेटारसम्मको यात्रालाई अढाइ घण्टामा पूरा गर्न सकिने भएपछि प्रदेश राजधानीसँग भोजपुरको दक्षिणवर्ती क्षेत्र सहजै जोडिन पुगेको हो ।
यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सम्बन्धित खवर