आज (सोमबार) बेलुकीदेखि पश्चिमी न्यून चापीय वायु सकृय हुने भएको कारण मंगलबारदेखि पानी पर्ने सम्भावना देखिएको छ ।
केही ठाउँमा हिउँसमेत पर्नसक्ने मौसम पूर्वानूमान महाशाखले जनाएको छ ।
सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्ने र मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म आइपुग्ने छ ।
महाशाखाका अनुसार मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर लगातार पानी पर्ने नभइ केही समय पर्ने महाशाखले जनाएको छ ।
मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने देखिएको छ ।
