सिरहामा चाँदीका गहना सहित २ जना पक्राउ

सिरहामा चाँदीका गहना सहित २ जना पक्राउ

राजेन्द्र महतो ,लहान ।

सिरहाको लाहान नगरपालिका -८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित शनिबार साँझ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएका प्रहरीले चेक जाँच गर्ने क्रममा मोरङ पथरी शनिश्चरे नगरपालिका १४ को ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका- ८ झिलझिले को ३८ वर्षीय दल बहादुर बिकका साथ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही तथा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छन ।

सम्बन्धित खवर