अनेरास्ववियू बेलबारी क्याम्पसका विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण ।–

अनेरास्ववियू बेलबारी क्याम्पसका विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण ।–

माघ १२, मोरङ ।
सडक यात्रालाई सहज बनाउन मोरङ बेलबारीका अनेरास्ववियूका विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । जेब्रा क्रसिङ नहुदा दुर्घटनाको गति उच्च हँदा उत्त जोखिम न्युनिकरण गर्न विद्यार्थीहरुले जेब्रा क्रसिङको निर्माण गरेका हुन् ।


अनेरास्ववियू बेलबारी क्याम्पसमा आवद्ध विद्यार्थीहरुले बेलबारीको सिसौली चोकमा जेब्रा क्रसिङ निर्माण गरेका हुन ।

अनेरास्ववियू विद्यार्थी नेता बिष्णु यादव, केन्द्रिय सदस्य ताजिम अन्सारी, मोरङ जिल्ला संयोजक सन्तोष घिमिरे, सुकुना बहुमुखी क्याम्पसका स्ववियु उपसभापति मिलन घिमिरे लगाएतको उपस्थितिमा संचालित विद्यार्थी भेला तथा जेब्रा क्रसिङ कार्यक्रममा अन्य विद्यार्थी संघ संघठनबाट २५ जना अनेरास्ववियुमा प्रबेश समेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू केन्द्रिय कमिटीका सदस्य ताजिम अन्सारीले स्ववियु चुनाव हामीले जितिसकेका छौ केवल घोषण गर्न मात्र बाँकी रहेको कुरा स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “नेपालमा अनेरास्ववियू जस्तो असल संगठन अरु कुनै विद्यार्थी संगठन छैन ।” साथै उहाँले सम्पूर्ण विद्यार्थीहरु एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

संगठनको एकतालाई मुर्त रुप दिन अब कागजमा मात्र सिमित नभएर हरेक कार्यकर्ताले एकतामा जोड दिनुपर्ने अनेरास्ववियू मोरङ जिल्ला कमिटी संयोजक सन्तोष घिमिरेले बताउनुभयो । सबै कमिटीले अब विगतको कुरा र भावना बिर्सिएर नयाँ शिरबाट एकतावद्ध भएर अघि बढ्दै आगमी स्ववियू निर्वाचनमा पूर्ण एकताको प्रवाह गर्ने गरी ब्यालेटमा देखिनु पर्ने संयोजक घिमिरेले बताउनुभयो ।

सम्बन्धित खवर