काँग्रेस नेता गम्भीरजंग कार्कीको निधन

काँग्रेस नेता गम्भीरजंग कार्कीको निधन

पाल्पाका पूर्व सांसद तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।
मृगौला फेल भएकाले लामो समयदेखि डायलायसिस गर्दै आएका कार्कीको गएराती काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी २०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति थिए ।
त्यस अघि उनी राष्ट्रिय पंचायत सदस्यमा समेत निर्वा्चित भएका थिए । सरल, सक्रिय र सबैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्व्प्रिय नेताका रुपमा चिनिन्थे ।

सम्बन्धित खवर