आइतबारे टोलमा प्रवेशद्धार वनाईदै

आइतबारे टोलमा प्रवेशद्धार वनाईदै

दमक ८ स्थित आइतबारे टोलमा स्थानीयहरुले प्रवेशद्धार निर्माण गरेका छन् । आइतबारे टोल विकास संस्थाले आफनो टोललाई आर्कषक बनाउन धमाधम गेटसहितको प्रवेशद्धार निर्माण भईरहेको संस्थाका अध्यक्ष अमृत निरौलाले जानकारी दिए ।
टोल विकासमा आवद्ध सदस्यहरुवाट रु १० लाख रकम संकलन गरि आइतबारे टोल प्रवेश गर्ने द्धारमा पहिचानमूलक प्रवेशद्धार निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले वताएका छन् । उनले एकसाता भित्र निर्माणाधिन प्रवेशद्धारमा अन्तिम चरणका मार्वल ओछयाउने लगायतका काम सम्पन्न हुने जनाएका छन् । त्यस टोलमा करिव ५० जना घरपरिवार वस्दैआएका छन् ।
उनका अनुसार उपभोक्ता मार्फत जनश्रमदान समेतको सहभागितामा निर्माणाधिन प्रवेशद्धार निर्माण कार्य एक साता भित्र पूरा हुने छ । प्रवेशद्धार दमककै आर्कषक हुने अध्यक्ष निरौलाले वताए । प्रवेशद्धार स्तम्भ निर्माण गर्न स्थानीयहरुले कम्तिमा ५ हजार माथि आर्थिक सहयोग गरेका उपभोक्ता समितिले जनाएको छ । प्रवेशद्धार वनाउन स्थानीय सामाजिक व्यक्तित्व डिल्ली कट्टेलको परिवारले १ लाख ३१ हजार १३१, विद्यासागर कन्दङवाले आफना वुवा कृष्णलालको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् ।
अव्यवस्थित बसोवास भएको सो टोलवासीले विभिन्न खर्च कटाएर टोल प्रवेशद्धार वनाउन सहयोग पुरयाँएको अध्यक्ष निरौलाले वताए । यतिका संरचना बनाउन वडा तथा नगरपालिकावाट खासै सरसहयोग प्राप्त नभएको उनले गुनासो गरेका छन् । टोलमा यतिका ंरचना बनाउदाँ समेत स्थानीय सरकारवाट सहयोग नपाउदाँ आफूहरु अन्यायमा परेको उनले दुखेसो सुनाए ।

सम्बन्धित खवर