रतुवामाई वैदेशिक रोजगारको अध्यक्षमा ः ठगेन्द्र न्यौपाने

रतुवामाई वैदेशिक रोजगारको अध्यक्षमा ः ठगेन्द्र न्यौपाने

माघ ११, रतुवामाई ।

 

रतुवामाई वैदेशिक रोजगार समन्वयन समितीले संस्थाको प्रथम अधिवेशन  मार्फत पदाधिकारी चयन गरेको छ ।

 

प्रथम अधिवेशनबाट संस्थाको अध्यक्षमा यस संस्थाको संस्थापक समेत रहेका ठगेन्द्र प्रसाद न्यौपाने सर्वसमत अध्यक्ष पदमा मनोनित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा रुपेश ढकाल, विकास राजवंशी, सचिवमा विनोद खड्का र राजकुमार पाण्डे, कोषाध्यक्षमा नविन बस्नेत सहित ९ जना सदस्य गरी १५ सदस्य सम्मेलित समिती बनेको छ ।

 

रोजगारका शिलशिलामा विदेशिएका नगरबासीहरुलाई “हामी गर्न सक्छौ, हामी त्याग्न सक्छौ र भविष्य लेख्न सकछौ” भन्ने उच्च भाव राखेर यस संस्थाले सक्रियताका साथ आगामी पुस्तामा समेत राम्रो  सन्देश पुग्ने गरी र विदेशिएका युवाहरुलाई आफ्नै गाँउठाँउमा स्थापित गरी रोजगारको अवसर प्रदान गर्नु यस संस्थाको मुख्य उद्येश्य हो ।

 

 

 

वि.सं. २०७६ सालमा स्थापना भएको यो संस्था छोटो समयमा नै स्थानिय स्तरमा लोकप्रिय छ । सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले जिल्ला प्रसाशन कार्यलय, समाज कल्याण परिषद्, सामाजिक विकास मन्त्रालय र रतुवामाई नगरपालिकाबाट मान्यता प्राप्त गर्नु र उद्योगका रुपमा उद्योग वाणिज्य संघ र रतुवामाई घरेलु तथा साना उद्योगका रुपमा मान्यता यति छोटो समयमानै प्राप्त गर्नु सानोतिनो कुरा भने होइन ।  यस संस्थाको काम कारवाहीको तिव्र गतिका कारण आज स्थापना भएको वर्ष नबित्दै जन स्तरमा यो संस्था निकै लोकप्रिय रहेको छ ।

 

सम्बन्धित खवर