बिराटनगरमा पनि प्लास्टिकको चामल

बिराटनगरमा पनि प्लास्टिकको चामल

नरेस कुमार लाभ, बिराटनगर

पछिल्लो समय बेला बेलामा प्लस्टिकको चामल पाइने गरेको बजारमा सुनिन्छ । मोरङ बिराटनगर १३ का सुरेन्द्र महतो र सुवास मल्लिकले खाना बनाउनका लागि पसलबाट किनेर ल्याएको चामल पनि प्लास्टिकको भएको बताएका छन् ।

शुक्रबार बिराटनगर स्थित किराना पसलबाट ल्याएको ५ केजी चामल प्लास्टिकको भएको सुरेन्द्रले बताए । पसलको नाम आफुलाई थाहा नभएको तर इन्डिया गेट नामको चामलको बोराबाट पसलेले चामल दिएको सुरेन्द्रको भनाइ छ । भात खादा प्लस्टिकको भएको शंका लागेपछि डल्लो बनाएर भूइमा हान्दा क्रिकेट बल जस्तै उफ्रिने भएको सुवासले बताए । कहिलेकाँही समाचारमा सुनेको मात्रै भएतापनि अहिले आफैलाई प्लास्टिकको चामल पर्दा छक्क परेको सुवासले बताए । प्रति के.जी १६० रुपैयामा किनेको चामल प्लास्टिकको परेको सुवासले बताए ।

सम्बन्धित खवर