स्वर्ण जयन्तीको तयारी गर्दै सरस्वती मावि

स्वर्ण जयन्तीको तयारी गर्दै सरस्वती मावि

 प्रबेश बिष्ट , इटहरा ।

मोरङको रतुवामाई ८ इटहरा स्थित सरस्वती माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्ष गाँठका अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ ।

आगामी फगुन २ देखि ६ गतेसम्म आयोजना गरिएको स्वर्ण जयन्तीको तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ । अहिले विद्यालय रंगरोगन गर्ने र आधुनिक शैलीको प्रवेशद्वार निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

फगुन २ गते प्रभात फेरीबाट स्वर्ण जयन्तीको थालनी गरिने विद्यालयका प्रार्चाय गोविन्दबहादुर पौडेलले बताउनु भयो । उहाँका अनुसार प्रभात फेरी पश्चात रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले स्वर्ण जयन्तीको लोगो अंकित बेलुन उडाएर औपचारिक रुपमा स्वर्ण जयन्तीको उद्घाटन गर्नु हुनेछ । उद्घाटन पछि ५ गतेसम्म नगरका संस्थागत एवम् सामुदायिक विद्यालयबीच विभिन्न प्रतियोगात्मक कार्यक्रमहरु गरिने छन् । त्यसैगरी अभिभाबकहरुको सहभागितामा आकर्षक प्रतियोगात्मक कार्यक्रमहरु पनि संचालन गरिने छ । स्वर्ण जयन्तीको समापन प्रदेश नंम्बर १ का सामाजिक विकास मन्त्रि जिवन घिमिरेको प्रमुख आतिथ्यतामा भव्य समारोहका बिच गरिने प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । समापन समारोह कै दिन ५० आँै वर्षको स्मारकका रुपमा विद्यलयले निर्माण गरेको स्वर्ण जयन्ती प्रवेशद्वार मन्त्रि घिमिरेबाट उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।

यसैबीच विद्यालयले स्वर्ण जयन्ती स्मारिका पनि प्रकाशन गर्ने भएको छ । अभिलेख, संस्मरण र लेख रचना गरी तिन खण्डमा प्रकाशन गर्न लागिएको स्मारिकाको तयारी अन्तिम चरणमा पुगेको नेपाली भाषा शिक्षक एवम स्मारिका प्रकाशन समितीका संयोजक थिरनाथ दाहालले जानकारी दिनुभयो । विद्यालयका संस्थापक , अभिभावक, भूतपूर्व एवम वर्तमान शिक्षक तथा विद्यार्थी लगाएतका सरोकारवालाहरुसँग लेख रचनाहरु माग गरिएकोे उहाँल बताउनुभयो । माघ १७ गतेसम्म प्राप्त लेख रचनाहरुलाई स्मारिकामा समेट्न सकिने शिक्षक दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर