नेपालमा कोरोना भाइरस : धनुषाका एक व्यक्तिमा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस : धनुषाका एक व्यक्तिमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । चीनको वुहानबाट फर्किएका ३१ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धनुषाका ती व्यक्ति केहीदिनअघि चीनबाट फर्किएको र नेपाल आए लगत्तै बिरामी परेका थिए । रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको र ती व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

ती व्यक्तिको रगत विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको थियो । ती व्यक्तिको अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भैरहेको छ ।

शुक्रबार अन्य तीनजना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन्। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राख्न थालेको छ ।

सम्बन्धित खवर