आफ्नै विवाहको कार्ड बाड्दै गरेकी रमिताका लागि काल बनेर आयो टिप्पर

आफ्नै विवाहको कार्ड बाड्दै गरेकी रमिताका लागि काल बनेर आयो टिप्पर

महेन्द्रनगर । महेन्द्रनगरको बसपार्क नजिक रहेको चम्मन चौकमा टिप्परले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको टिप्परको ठक्करबाट मृत्यु भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र बहादुर चन्दले बताए ।

भाँसी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दशरथ चन्द नगरपालिका–१ गुरुखोला घर भएर पढाईका शिलशिलामा महेन्द्रनगर बस्दै आएकी रमिताको टिप्पर चालक जयराज पनेरुको लापर्बाहीका कारण घटनास्थलमै मृत्यु भएको हो ।

मृतक युवती जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत हुन् । यहि माघको १३ गते मृतक भट्टको विवाहको तयारी चल्दै गरेको परिवार स्रोतले जनाएको छ । आफ्नै विवाहको कार्ड वितरणबाट डेरामा फर्कने क्रममा टिप्परले अनिताको ज्यान लिएको हो ।

जोशी विल्डर्स एण्ड कस्ट्रक्सनको उक्त टिप्परले ठक्कर दिदा विवाहको तयारीमा रहेकी रमिताको अकालमै ज्यान गएको परिवारले जनाएको छ । रमिताको महेन्द्रनगरमै बिहेको तयारी चलेको थियो ।

टिप्परको ठक्कर पछि महेन्द्रनगर पुरै तनावग्रस्त बनेको थियो । टिप्पर र चालक पनेरुलाई भने नियन्त्रमा लिइएको प्रहरी प्रवक्ता चन्दले बताए ।

सम्बन्धित खवर