अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गरौं : सहसंयोजक तामाङ

अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गरौं : सहसंयोजक तामाङ

काठमाडौँ, १० माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले  अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गर्न सबैलाई आग्रह गरेका छन ।

आज सहसंयोजक तामाङ सामाजिक संजाल फेसबुकमा स्टेट्स लेख्दै उनले भनेका छन, संघीय लाेकतान्त्रिक गणतन्त्र ठिक मान्ने, आवश्यक ठान्ने तर त्यस ब्यवस्था स्थापना लागि लड्ने नेताहरुलाई गलत मान्ने, राजतन्त्र फाल्न सशस्त्र क्रान्ति जायज ठान्ने, तर क्रान्तिमा बग्ने रगत र बलिदान गलत ठान्ने, अनि मञ्चमा उभिएर छाती फुलाएर भुपि शेरचनका कबिता सुनाउने, “हुदैन बिहान मिमिर्रेमा तारा झरेर नगए, बन्दैन मुलुक २/४ सपुथ मरेर नगए ।”

तत्कालिन शाही सरकारले तत्कालिन माओबादीलाई प्रतिबन्ध लगाएर ,आतंककारीकाे बिल्ला भिराएर दमन गर्दै गर्दा तत्कालिन राजनीतिक दलहरु र माओबादी बिच १२ बुंदे सहमति हुदै ०६२/०६३ काे जनआन्दाेलनकाे जगमा गणतन्त्र स्थापना भयाे । ०६३ मंसिर ६ गते सरकार र माओबादी बिच बिस्तृत शान्ति सम्झाैता भयाे ।

जनयुद्धका क्रममा राज्य र बिद्राेही पक्षबाट ज्यान गुमाएका, बेपत्ता भएका, बन्दि बनाइएका सबै द्वन्दकाे जिम्मा राज्यले लियाे । द्वन्दका क्रममा राज्य पक्षबाट वा बिद्राेही पक्षबाट मारिएकाहरुकाे मुद्दा छानबिन गरी मेलमिलाप गराउन ”सत्य निरुपण तथा मेलमिलाप आयाेग ” बनेकाे छ, राज्य पक्ष वा बिद्राेही पक्षबाट बेपत्ता बनाइएकाहरुकाे छानबिन गर्न ”बेपत्ता छानबिन आयाेग ” बनाएर द्वन्दकालिन मुद्दा सरकारले समाधान गर्ने नीति लिएकाे परिप्रेक्ष्यमा केहि डलरबादीहरु,हिजाेका दरबारिया दलालहरु बेलाबखत बाैरिने र बरबराउने गरेका छन् । द्वन्दका मुद्दा उठाएर स्टेप स्टेपमा दु:ख दिन खाेज्जे र फेरि द्वन्द चर्काउन खाेजे तिनलाई कालाे माेसाे दलेर टिन ठटाएर लखेटिने दिन नआउला भन्न सकिदैन ।

संसद बन्ने याेग्यता पुरा गरेर जनताबाट निर्वाचित सांसद संसदकाे सभामुख बन्न याेग्य हुन्छ । माननीय अग्नि सापकाेटाकाे याेग्यता पनि त्यही हाे, जाे सभामुख बन्न चाहिन्छ । तर राजनीतिक पुर्वाग्रह जनयुद्द बिराेधी, डलरबादीहरुले जुन काेकेहाेलाे गर्न खाेजेका छन्, त्याे बेठिक नियत साथ लाग्नेहरुलाई चिनेर सामजिक बहिष्कार गर्न सम्पुर्णमा आग्रह गर्दछु ।

सम्बन्धित खवर