समाजवादी विद्यार्थी युनियनले स्ववियु निर्वाचनबारे छलफल गर्न बोलायो बैठक

समाजवादी विद्यार्थी युनियनले स्ववियु निर्वाचनबारे छलफल गर्न बोलायो बैठक

माघ १०, २०७६ काठमाडाैं : समाजवादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।  माघ १४ र १५ गते काठमामाडौंमा बस्ने बैठकले १४ र १५ माघमा काठमाडौंमा बोलाइएको बैठकमा स्ववियु निर्वाचनको तयारी, एजेण्डा निर्माण र केन्द्रीय समितिका सदस्यको कार्य विभाजन गरिने अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्ववियुको निर्वाचन मिति १४ फागुनलाई तोकेको छ। स्ववियु निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन चुनाव केन्द्रीत भएका छन्। उनले विद्यार्थी युनियनको केन्द्रीय समिती समायोजको काम सकिएको जानकारी दिँदै प्रदेशको समायोजन स्ववियु निर्वाचनपछि सम्पन्न गर्ने पनि जानकारी दिए।

सम्बन्धित खवर