अवैद्य मदिरा बरामद

अवैद्य मदिरा बरामद

सिन्धुली,१० माघ – कमलामाई नगरपालिका–९ भिमान बजारको विभिन्न होटलबाट प्रहरीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ ।

भिमान बजारमा संचालित बिभिन्न होटलहरु खानतलासी गरि बरामद गरेको मदिराजन्य पदार्थ नस्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अवैध घरेलु मदिरा अन्दाजी दुई सय लिटर र सो उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ पचास लिटर समेत गरी नष्ट गरिएको हो ।

बुधवार साँझ भिमानका होटलमा छापा मार्दा उक्त मदिरा लुकाई राखेको अवस्थामा फेला परेका हो ।

सम्बन्धित खवर