मनाङ ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

मनाङ ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे ।

खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो ।

जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, त्रिभुवन आर्मी क्लबलाई गोल अन्तरले पछि पार्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको ७ खालमा १६ अंक रहेको छ ।

सरस्वतीको ८ खेलमा १ अंक रहेको छ । सरस्वती पुछारमा रहेको छ ।

सम्बन्धित खवर