आगलागीमा परी एक युवतीको जलेर मृत्यु

आगलागीमा परी एक युवतीको जलेर मृत्यु

 राजेन्द्र महतो लहान माघ १० गते।

सिरहाको कर्जन्हा नगरपालिका -४ बस्तिपुरमा आज बिहान भएको आगलागीमा परी एक युवतीको जलेर मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका -४ बस्तिपुर चोक को आशा नायकको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उनकी १६ वर्षीया छोरी चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको छ भने आमा आशा नायक घाइते भएकि छिन। घाइते भएकी आशा नायकको फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचार भइरहेको प्रहरी ले बताएका छन । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको प्रहरी ले बताएका छ्न।

सम्बन्धित खवर