लिगमा आज दुई खेलः मनाङ सरस्वतीसँग, च्यासल ब्रिगेड ब्वाइजसँग खेल्दै

लिगमा आज दुई खेलः मनाङ सरस्वतीसँग, च्यासल ब्रिगेड ब्वाइजसँग खेल्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबलको आठौं चरण अन्तर्गत आज पनि २ वटा खेल हुँदैछन् । मध्यान्ह १२ बजे दशरथ रंगशालामा पहिलो जितको खोजमा रहेको सरस्वती क्लब मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ ।

मनाङ १३ अंकसहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती पुछारमा रहेको छ । आजको खेल जित्दै मनाङ शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुने छ । सरस्वती भने आठौं चरणको खेल जारी रहँदासम्म जीतविहीन भएकाले पहिलो जीतको खोजिमा हुने छ ।

यसैगरी आजै दिउँसो ३ बजे रंगशालामा च्यासल र ब्रिगेड ब्वाइज खेल्ने छन् । च्यासल १२ औं स्थानमा छ भने व्रिगेड नवौं स्थानमा छ ।

सम्बन्धित खवर