कोपा डेल रे : एथ्लेटिको मड्रिड पराजित

कोपा डेल रे : एथ्लेटिको मड्रिड पराजित

स्पेनिस कोपा डेल रेमा एथ्लेटिको मड्रिड पराजित भएको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को खेलमा एथ्लेटिको कल्चरल लियोनेसासँग २–१ गोलले स्तब्ध भएको हो । उक्त खेलमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएका उक्त खेलको ६२औं मिनेटमा एन्जल कोरेर्राले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।

तर, खेलको ८३औं मिनेटमा लियोनेसाका जुलेन कास्टानेडाले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि उक्त खेलमा अतिरिक्त समय थपिएको थियो । जसको १०८ औं मिनेटमा लियोनेसाका सर्जियो बेनिटो क्रुजेराले गोल गर्दै २–१ गोलको जित दिलाए ।

सम्बन्धित खवर