उदयपुरमा दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते, २ गम्भिर

उदयपुरमा दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते, २ गम्भिर

उदयपुर । उदयपुरमा विहिबार करिव १२ः१० बजे सगरमाथा राजमार्ग स्थित त्रियुगा नगरपालिका १४ जितपुरमा दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते मध्ये दुई जना गम्भिर रहेका छन् । गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते भएका छन् ।बसमा खोटाङको दिप्रुङ गाउँपालिका बढी घाइते भएका छन् । गम्भिर घाइतेमा खोटाङ दिप्रुङ गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षिय डम्बर कुमारी खत्रीको छाती, टाउको र चिउडोमा चोट लागेको छ । अर्का रौतामाई गाउँपालिका ६ वस्ने २९ वर्षिय सविन राईको कुम्भ भाचिएको छ । घाइतेहरुको जिल्ला अस्पतला बोक्सेमा उपचार भईरहेको छ भने मे.१ ख १७४० नम्बरको बस चालक फरार भएका छन् ।
घाइतेहरुको विस्तृत विवरण तल दिईएको छ ।

मे १ ख १७४० न.को बसमा सवार
१.चालक जिल्ला उदयपुर त्रियुगा न.पा.१५ रानिबास बस्ने यमन थापा (फरार खो.त. जारी)
२. जिल्ला जि.खोटाङ दिप्रुङ गा.पा. ७ बस्ने अ.वर्ष १४ को गौतम बि.क. (सामान्य ओठमा चोट)
३. जिल्ला जि.खोटाङ बाह्रापोखरी गा.पा. १ बस्ने अ.वर्ष ६० कि सानुमाया राई ( टाउको ,छाति र चिउडोमा चोट)
४. जिल्ला जि.खोटाङ दिप्रुङ गपा ७ बस्ने अ.वर्ष ६० को केदार बि.क (टाउको,छाति र चिउडोमा चोट)
५. जिल्ला जि.खोटाङ दिप्रङ गा.पा. ४ बस्ने अ.वर्ष ५५ कि डम्बर कुमारी खत्री (टाउको ,छाति र चिउडोमा चोट गम्भिर )
६. जिल्ला उदयपुर त्रियुगा नपा २ बस्ने बर्ष ६१ को छत्र बहादुर मंग्राति ( शरिरको बिभिन्न भागमा चोट)
७. जिल्ला उदयपुर त्रियुगा न.पा. २ बस्ने बर्ष २७ को पदम बोगटी (सामान्य )
८. जिल्ला खोटाङ दिप्रुङ गा.पा ७ बस्ने बर्ष २० को राकेश राई ( निधारमा चोट )
९. जिल्ला खोटाङ दिप्रुङ गापा ५ बस्ने बर्ष ३५ की कल्पना थापा ( निधारमा चोट )
१०. जिल्ला उदयपुर रौतामाई गापा ६ बस्ने बर्ष २९ को सबिन राई ( कुम भाचिएको गम्भिर)
११. जिल्ला उदयपुर रौतामाई गापा ५ बस्ने बर्ष ८ को बसन्त राई ( हातमा चोट )
१२. जिल्ला उदयपुर रौतामाई गापा ५ बस्ने बर्ष २५ की बिमला राई ( सामान्य)
बा २ ख ५४१८ न.को बसमा सवार
१. चालक जिल्ला उदयपुर त्रियुगा न.पा. ३ मिलन चोक बस्ने अ.वर्ष को सुरेश खड्का( सामान्य खुट्टामा चोट )
२. जिल्ला जि.खोटाङ दिप्रुङ गा.पा. ४ बस्ने अ.वर्ष ३९ को लिला कुमार श्रेष्ठ ( निधारमा चोट )
३. जिल्ला जि.खोटाङ बाह्रापोखरी गापा १ बस्ने अ.वर्ष ३९ की तारा कुमारी श्रेष्ठ ( ओट, ढाडमा चोट )
४. जिल्ला उदयपुर त्रियुगा न.पा.५ बस्ने अ.वर्ष २३ कि सबिता राई ( हात खुट्टामा चोट)
५. जिल्ला उदयपुर त्रियुगा न.पा. ५ बस्ने अ.वर्ष ४ की सलिना राई (निधारमा चोट )
६. जिल्ला उदयपुर त्रियुगा नपा १४ बस्ने बर्ष ४५ की थिरा कुमारी मगर ( छाति चोट )
६. जिल्ला उदयपुर त्रियुगा न.पा. १४ साउने बस्ने अ.वर्ष ६४ को भरत मगर दाँत,छातिमा चोट)
८. जिल्ला उदयपुर त्रियुगा न.पा.१४ बस्ने अ.२१ वर्ष को पेसल मगर ( मुखमा चोट)
९. जिल्ला जि.खोटाङ बाह्रपोखरी गा.पा. १ बस्ने अ.बर्ष ६४ को गणेश ब.राई (खुट्टामा चोट)
१०. जिल्ला उदयपुर त्रियुगा न.पा. १४ बस्ने बर्ष ४२ को एक बहादुर कट्वाल ( खुट्टामा चोट) )
११. जिल्ला उदयपुर त्रियुगा न.पा. १४ बस्ने बर्ष ४५ की गंगामाया मगर
१२. जिल्ला उदयपुर रौतामाई गापा ५ बस्ने बर्ष १९ को भुपेन्द्र मगर ( सामान्य)
१३.जिल्ला खोटाङ दिप्रुङ गापा ४ बस्ने बर्ष १५ को बिष्णु खड्का ( मुखमा चोट)
१४. जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने बर्ष ४८ को लिला पराजुली ( सामान्य)
१५.जिल्ला खोटाङ बाह्रापोखरी गापा १ बस्ने बर्ष ५ को प्रबिन श्रेष्ठ (टाउकोमा चोट)

सम्बन्धित खवर