उर्लाबारी बहुमुखी क्याम्पसमा आजबाट सिर्जनात्मक सप्ताह सुरु ।

उर्लाबारी बहुमुखी क्याम्पसमा आजबाट सिर्जनात्मक सप्ताह सुरु ।

माघ ९, बिहिबार
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उर्लाबारी बहुमुखी क्याम्पसले आज सिर्जनात्मक सप्ताहको उद्घाटन गरेको छ । “खेल  स्वाथ्यका लागि, खेलाडी राष्ट्रका लागि”भन्ने मुल नाराका साथ कार्यक्रको उद्घाटन गरिएको हो ।

स्वतनत्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्याम्पसका सभापति गणेश घिमिरेको अध्यक्षता र कार्यक्रम संयोजक हेमन सुब्बा, प्रमुख अतिथि कयाम्पस संचालक समिति सदस्य राजेन्द्र कार्की, क्याम्पस प्रमुख बेदराज भट्टराई , पूर्व क्याम्पस प्रमुख गोपाल भण्डारी, साहायक क्याम्पस प्रमुख खेम खत्री, नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पसका सभापति सुजित जैस्वाल र अन्य स्ववियु पदाधिकारी, क्याम्पसका विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन समारोहमा सम्पन्न भएको छ । सिर्जनात्मक सप्ताह आजबाट अर्थात माघ ९ गतेदेखि माघ १६ गतेसम्म चल्नेछ ।

किताबी कुराहरुबाहेक विदार्थीहरुको मनोबल बढाउन अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुको सत प्रतिशत उपस्थित हुनुपर्नेमा क्याम्पस प्रमुख बेदराज भट्टराईले जोड दिनुभयो । सार्थै उहाँले विद्यार्थीहरुको बाह्य क्रियाकलापले उनिहरुको आन्तरिक क्षमताको बृद्धि हुने पनि बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस संचालक समितिका सदस्य राजेन्द्र कार्कीले पनि सिर्जनात्मक कार्यक्रमको आयोजना गरेकोमा स्ववियु उर्लाबारी क्याम्पस परिवारलाई आभार प्रकट गर्दै “खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने नारा उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो “मेहनत र परिश्रमले गर्दा नै आज यहाँ खेलाडी भोली अवस्य राष्ट्रिय खेलाडी बन्नेछ । ”

 

सिर्जनात्मक सप्ताहमा फुटसल, ब्याडमिन्टन, चेस, म्युजिकल चियर, कबड्डी, हाजिरिजवाफ आदि खेलहरु हुनेछन् । माघ १६ गते सरस्वती पुजाका साथसाथै सिर्जनात्मक सप्ताहको समापन कार्यक्रम गरी पुरस्कार वितरण, उत्कृष्ट विद्यार्थीलाई सम्मान, नव आगन्तुक विद्यार्थीलाई स्वागत, पढाई सकेका विद्यार्थीलाई विदाई एवम बृहत सांस्कृतिक कार्यक्रम रहेको स्ववियु सचिब सुनिल धिमालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर