सिरहामा लागू औषध गाजा सहित दुई युवा पक्राउ

सिरहामा लागू औषध गाजा सहित दुई युवा पक्राउ

राजेन्द्र महतो लहान माघ ९ गते।सिरहाको धनगढीमाइ नगरपालिका -–९ स्थित प्रहरीले लागू औषध गाजा सहित दुई जना युवालाई पक्राउ गरेका छन्। बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बुधबार ७:३० बजेको समयमा धनगढीमाइ नगरपालिका -–९ स्थित प्रहरी ले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको स.७प.१२८२ नम्बरको मोटरसाइकलमा सवार सिरहा को विष्णुपुर गाउँपालिका ५ को २९ बर्शिय सुनिल कुमार पासवान र मोटरसाइकल पछाडि सवार धनगढीमाई नगरपालिका – ८ को २४ बर्शिय महेन्द्र साह को साथबाट प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याईराखेको लागुऔषध गाजा १४.५ केजी सहित पक्राउ गरेको हो। पक्राउ परेका दुबै जना लाई आवश्यक कारवाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

सम्बन्धित खवर