पीएसजीका स्टार किलियन एम्बाप्पेले आफ्नो करियर क्रिस्टियानो रोनाल्डोले जस्तै गरि अघि बढाउने बताएका छन् ।
एम्बाप्पेले आफ्नो आइडल जिदान भएको बताए पनि आफुलाई मनपर्ने खेलाडी रोनाल्डो पनि भएको बताउँदै आएका छन् ।
‘सबै फ्रान्सका खेलाडीहरु सायद जिदानलाई आइडल मान्छन् । मेरो अर्का मनपर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । सायद उनीबिरुद्ध मैले खेल्ने मौका पाउनेछु’ एम्बाप्पेले भने ।
एम्बाप्पेले मेस्सीबारे बोल्दै मेस्सीको करियर उत्कृष्ट भएको बताए भने उनले आफुले पनि करियर मेस्सीको जस्तै बनाउनका लागि निकै ढिला भएको बताए ।
‘मेस्सीको जस्तो करियर बनाउनका लागि निकै ढिला भैसक्यो, तर केही छैन म रोनाल्डोको जस्तो करियर बनाउने कोसिस गर्नेछु’ एम्बाप्पेले थपे ।
एम्बाप्पेले केही समयमा पीएसजी छाड्ने बताइए पनि यस समय भने उनी पीएसजीमा इकार्डी र नेयमारको साथमा रहेर खेलीरहेका छन् ।
त्यस्तै उनले नेयमारबारे बोल्दै नेयमार उत्कृष्ट खेलाडी भएको र आफुहरुको सम्बन्ध राम्रो भएको समेत बताए ।