राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान प्रक्रिया सातै प्रदेशमा सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार तोकिएको मतदानस्थलमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतददान अपराह्न ४ बजेसम्म चल्नेछ भने केहि घण्टामै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

सम्बन्धित खवर