घरमा लुटपाट गर्न खोज्ने एक भारतीय प्रहरीको फन्दामा , अन्य लुटेराहरु फरार

घरमा लुटपाट गर्न खोज्ने एक भारतीय प्रहरीको फन्दामा , अन्य लुटेराहरु फरार
 राजेन्द्र महतो लहान माघ ८ गते।सिरहाको गोलबजार नगरपालिका–४ स्थित स्थानीय प्रदिप साहको घरमा लुटपाट गर्न खोज्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेका छन भने अन्य लुटेराहरु फरार भएका छ्न। पक्राउ पर्नेमा भारत, बिहारको मुधवनी जिल्ला, बाबुवरही थाना, बौसीग्राम पञ्चायतका २१ वर्षीय सन्तोष मण्डल धानुक रहेका छन। स्थानीय प्रदिप साह घरबाट बाहिर विहान अन्दाजी ६ बजे घरको बाहिरी गेट खोलेर निस्कन खोज्दा ६-७ जनाको समूहमा आएका लुटेराहरु घरभित्र पस्दै कोही कुटपिट गर्ने र कोही घरभित्र पसेर दराजहरु खोल्न थालेका थिए । साहका परिवारले हल्ला मच्चाएपछि गाउँलेहरु जम्मा हुनासाथ केही लुटेरा स्कारपियो चढेर भागेका स्थानीय राज कुमार साहले बताएका छन। भाग्ने क्रममा धानुक लाई गाउले को सहयोगमा प्रदिप साहले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । लुटेराको आक्रमणबाट साहको शरीरमा चोट लागेको छ । घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनास्थल मा पुगेको र संलग्न एक लुटेरालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गोलबजार ले बताएका छन। फरार अन्य लुटेराहरुको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले बताएका छन।

 

सम्बन्धित खवर