दीपक मनाङ्गे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता

दीपक मनाङ्गे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता

कास्की, ०८ माघ । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ ।सांसद गुरुङविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सार्वजनिक मुद्धा दर्ता गरेका हुन् ।लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।हातपात गरेको भोलि पल्टै बुधबार गुरुङले पत्रकार सम्मेलन गर्दै गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफुमाथि भएको हातपातको कानूनी उपचार खोज्ने बताएका थिए ।

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको बताउँदै उनले सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफुले भने संयमता अपनाएको दावी गरे । मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरे । उनले भने उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे ।मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल ग्राउण्ड नमिलाईदिने भन्दै कराउनभयो । फुटबलमा डे आफ्टर/बिफोर हुन्छ । मैले त्यो ’bout बुझाउन खोजे ।

तर पैसा नतिर्ने भन्दै कराए । मैले सहदैं गएँ । उहाँले मुक्का हान्नुभयो । गुरुङले बेलिविस्तार लगाए । मुख्यमन्त्री कपका संयोजक तथा एन्फा केन्द्रिय कमिटीका उपाध्यक्ष कृष्ण थापाले सांसद गुरुङको क्रियाकलाप लज्जास्पद भएको प्रतिक्रिया दिए। सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । उक्त मागबारे सम्बोधन गर्दै गर्दा आ’वेशमा आएर सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मु’क्का हानेका थिए ।

सम्बन्धित खवर