दुधौलीमा मगर संग्रहालय निर्माण गर्न मन्त्रिलाई प्रस्तावना पत्र

दुधौलीमा मगर संग्रहालय निर्माण गर्न मन्त्रिलाई प्रस्तावना पत्र

सिन्धुली,८ माघ–दुधौली नगरपालिकामा वडा नम्बर ६ भताही स्थित मगर टोलमा संग्रहालय निर्माण हुने भएको हो । दुधौली नगरपालिकामा ६ हजार भन्दा बढी जनसंख्या मगर जातीको रहेको तथ्यांक रहेको छ । मगर टोलमा मात्रै ११५ घरधुरी मगर जातीको बसोबास गर्दछन् । यहाँ ४०६ जना मगर जातीको जनसंख्या रहेको प्रारम्भिक तथ्यांक छ ।

पाँच कट्ठामा बनाईने संग्रहालयको प्रस्तावना पत्र मंगलबार मगर कन्फरेन्स हल निर्माण उपभोक्ता समितीका अध्यक्ष गांधिराज अछामे मगरले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई बुझाउनुभयो ।

मगर आदिवासी जनजातीको संस्कृती, रितिथिती, परम्परा र इतिहासको संरक्षणका लागी हल निर्माण गरिन लागेकोे समितीका अध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँले मगर जातीको लोकसंस्कृती,भेषभुषा र भाषा लोप भएको बताउँदै यसको उजागर गर्न मगर कन्फरेन्स हल बनाइनु आवश्यक रहेको बताउनुभयो ।

यसका लागी आर्थिक बर्ष २०७६/०७७ को कार्यक्रममा समावेस गरि रु.५० लाख बजेट विनियोजन गरिदिन अनुरोध गदँै मगर कन्फरेन्स हलको प्रस्तावना पत्र मन्त्रि पुनलाई बुझाइएको हो । मगर कन्फरेन्स हल निर्माणका लागी रु १ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

मगर जातीको भेषभुषा, संस्कृती जोगाउने भाडार्वतन लगाएको सामानहरुको संरक्षण गर्न, जन्म, वाश्नी, गुन्यूचोली, विवाह, छेवर,मृत्यु संस्कार आदी रिती झल्काउने संस्कृतीको संरक्षण गर्न, खेती तथा खोरिया खन्ने हलो, कोदालो, जुवा, फरुवा, हरिस, अन्हो आदी कृषि औजारको संरक्षण गर्न र रोधिघर, पर्मघर, मगरको पौराणीक घर, गोठ आदीको संरक्षण गर्न मगर कन्फरेन्स हलको प्रयोग गरिने अध्यक्ष मगरको भनाई छ ।

प्रस्तावना पत्र नेपाल मगर संघ,दुधौली नगर समितीले मंगलबार आयोजना गरेको मगरहरुको राष्ट्रिय पर्व माघे सकराती विशेष सांस्कृतीक महोत्सव कार्यक्रममा पुन लाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा दुधौली नगर प्रमुख घनश्याम राउतले पनि पर्यटन क्षेत्रको विकासका लागी भाषा,संस्कृती विकास, कला केन्द्र तथा संग्राहालयको स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री पुनको ध्यानकर्षण गर्नुहुदैँ दुधौलीमा बहुसंख्यक आदिवासी जनजातीको बसोबास भएको र रोजगारीको लागी कुनै पनि भरपर्दो माध्यम नभएकाले पर्यटन क्षेत्रको विकासका लागी भाषा,संस्कृती विकास,कला केन्द्र तथा संग्राहालयको स्थापना गरि रोजगारीको सृजना हुने कार्यको पहल गरिदिनुहुन अनुरोध समेत गर्नुभयो ।

सम्बन्धित खवर