राजेन्द्र महतो ,लहान
सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा नगरपालिका तथा स्थानीय प्रशासनले भत्काइएको छ ।
लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासी द्वारा निर्माण गरिएका घर टहरा भत्काएका छन। वडा नं ८ स्थित रोड नम्बर–२ मा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बनाइएका घर टहराका कारणले अवरोध भइरहेको भन्दै स्काभेटर लगाएर भत्काइएको हो । नगरपालिका तथा सम्बन्धित वडा कार्यलयले पटक–पटक अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै आए पनि भत्काउन अटेर गर्दै आएकाले त्यस्ता संरचना भत्काइएको वडा नं ८ का अध्यक्ष विजयकुमार महतोले बताएका छ्न।