झापाको गौरीगञ्ज गाउँपालिकाद्वारा छात्रालाई साइकल वितरण

झापाको गौरीगञ्ज गाउँपालिकाद्वारा छात्रालाई साइकल वितरण

झापाको गौरीगञ्ज गाउँपालिकाले माध्यमिक शिक्षा (११– १२) कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । गौरीगञ्ज गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।
विद्यालय जान आउन सहज होस् भन्दै वडा नं–२ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिवले जनाएका छन् । दुई लाख बजेट विनियोजन गर्दै सबै छात्रलाई साइकल वितरण गरिएको हो
आदिवासी समुदायको बाहुल्य रहेको यस ठाउँका कतिपय विद्यार्थीले विद्यालय टाढा भएर पनि पढाइ छाड्ने गरेकाले पढाइप्रति प्रोत्साहन गर्न छात्रालाई साइकल वितरण गरिएको जनाइएको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताएका छन् ।

सम्बन्धित खवर