जबर्जस्ती करणी र हत्या गर्ने दुईजना कारागार चलान

जबर्जस्ती करणी र हत्या गर्ने दुईजना कारागार चलान

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको हत्या अभियोगमा पक्राउ परेका रमेश अधिकारीसहित दुईजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरेको छ ।
१९ वर्षिया मन्दिरा अधिकारी गत मंसिर १७ गते घरबाटै वेपत्ता भएकी थिइन्। उनको शव ३३ दिनपछि तमोर नदीको किनारमा फेला परेको थियो। जिल्ला अदालत ताप्लेजुङका न्यायाधिश प्रकाश राउतको इजलाशले मंगलबार थुनछेक आदेश गरेको हो ।
हाङ्पाङका रमेश अधिकारी तथा सिदिङ्वा–७ सुरुम्खिमका जितमान राईलाई जवरजस्ती करणी उद्योगमा पुर्पक्षमा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।
अदालतका निमित्त श्रेस्तेदार रमेश सुवेदीका अनुसार आठाराई त्रिवेणी गाउँपालिका–३ का रमेशलाई कर्तव्य ज्यान र जबरजस्ती करणीको अभियोग लागेको छ। पौष ९ गते पक्राउ परेका रमेशले मन्दिराको हत्या गरेर नदीमा फालेको स्विकार गरिसकेका छन् ।
उता राईमाथि जवरजस्ती करणीको अभियोग छ । राईमाथि एक महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ । अहिले ती महिलाको साथमा बच्चासमेत रहेको अवस्थामा जाहेरी परेको थियो ।

सम्बन्धित खवर