धादिङमा मिनि ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ बढी घाइते

धादिङमा मिनि ट्रक दुर्घटना,  ६ जनाको मृत्यु २५ बढी घाइते

धादिङ — धादिङको ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटना परी २५ जनाभन्दा बढी घाइते प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो । ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन् ।

सम्बन्धित खवर