मुसहरले मनाए ‘अन्तर्राष्ट्रिय भुईया दिवस’

मुसहरले मनाए ‘अन्तर्राष्ट्रिय भुईया दिवस’

‘अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर’ भन्ने मुल नाराको साथ सर्लाहीका मुसहर समुदायले अन्तर्राष्ट्रिय भुईया दिवस मनाएका छन् ।

सर्लाहीमा आयोजित एक कार्यक्रममा मुसहर समुदायको वर्तमान अवस्था, त्यसका जडकारण र समाधानका उपायहरुवारे अतिथिहरुले मन्तव्य राखेका थिए । उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा, कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम तथा मुसहर समुदायलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरी दिवस मनाएका हुन् ।

भारत विहारको विधान परिषद सदस्य डा. सन्तोष सुमन माझी, पर्वत पुरुष दशरथ माझीको छोरा भागीरथ माझी, बर्दिबासको धुर्मुस–सुन्तली बस्ती निमार्णमा अहम भुमिका खेलेका राजकरण महतो, मुसहर समुदायमा काम गर्ने स्ट्रीट चाइल्ड अफ नेपाल, मुसहर अगुवा रामकेवल माझी, भुईया किताबको लेखक यज्ञश र दिनाभद्रीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम अभियानी परोपकारी भोर, शक्तिहिनको सशक्तिकरण, मुसहर समुदायको समग्र उत्थान अभियान, ईश्वरपुर नगरपालिकाको कार्यालय, राष्ट्रिय मुसहर दिनाभद्री फण्ड, नेपाल राष्ट्रिय मुसहर संघ, अन्तर्राष्टिय मुसहर भुईया विकार समितीको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रममा सर्लाहीको पारो देवी माझीको अध्यक्षता, प्रदेश नं. २ का उद्याेग पर्यटन मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यता र भारत विहारका पूर्व मुख्यमन्त्री जितनराम माझीको छोरा, मुसहर समुदायको प्रथम पिएचडी तथा विधान परिषदका सदस्य सन्तोष सुमन माझीको विशिष्ट आतिथ्यतामा मनाइएको हो ।

कार्यक्रममा राज्यमन्त्री सुरेश मण्डलले सबैभन्दा अन्तिम पिँधमा रहेको मुसहर समुदाय समृद्ध भए नेपाल समृद्ध हुने बताए ।

दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उनीहरुले सम्पुर्ण समाजको हितको लागि काम गरेका थिए । आयोजकका अनुसार अन्तर्राष्ट्रिय भुईया दिवस मुसहर समुदायको विशेष संलगतामा मनाउने भए पनि भुईयाको अर्थ भुमि, जग्गाजमिन, आमाको रुपमा धर्ती रहेकोले त्यसलाई सबैले सम्मान गरी बर्षको एकपटक पनि समय मिलाएर भुईया दिवस मनाउनु पर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर