रौतहट, रौतहटमा यसपालि बढेको चिसोको प्रभावलाई मध्य नजर गर्दै विवेकशील नेपाली दलले रौतहट जिल्लाको विभिन्न ठाउँमा न्यानो माया अभियान शुरु गरेका छन । विवेकशील नेपाली दलको प्रदेश न. २ को कोषाध्यक्ष विवेक शर्मा र उक्त पार्टीको रौतहट जिल्ला कार्य समितीको नेतृत्वमा र विवेकशील नेपाली दलको प्रवाश समिती कतारको आर्थिक सहयोगमा यो कार्यक्रम शुरु गरेको विवेकशील नेपाली दलको प्रदेश न. २ को कोषा अध्यक्ष विवेक शर्माले जानकारी गराएका हुन ।
रौतहट जिल्लाको गरुडा नगरपालिका, गढीमाई नगरपालिका, राजपुर नगरपालिकाको विभिन्न वार्डहरुमा न्यानो माया बाड्दै छन । बडेको चिसोको प्रभावका कारण प्रभावित बनेका गरिव, असाहाय, एकल महिला, अनाथ बालबालिकाहरुलाई ब्लैङ्केट, ज्याकेट, स्विटर, सर्टपाइन्ट आदी समाग्रीहरु वितरण गरेको छ । न्यानो माया बाड्दै विवेकशील नेपाली दलका निति सचिव संजिव भटराईले रौतहट लगायत तराई मधेशको जिल्लाहरुमा कुनै आपत विपत आए हाम्रो टिमले सहयोग गर्न हरदम तत्पर रहने बताएका हुन । आउदो समयमा पनि यस जिल्ला कुनै प्राकृत समस्या आए हामी सँग हुने जतीको सहयोग गर्न प्रतिवद्ध रहेको वाहाँले बताउनु भएको छ । यसरीनै विगत २०७४ सालको बाढी प्रभावित रौतहट क्षेत्रमा त्रिपाल, डोल, प्युस, मोर्टिन आदी समाग्री पनि बाड्ेका थिए । अहिले न्यानो माया अभियान रौतहट जिल्ला समितिले रौतहट जिल्लामा संचालन गरको जानकारी गराएका छन ।