राजेन्द्र महतो लहान माघ ६ गते।
१३औं बलिदानीको अवसरमा मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल )का सिरहा क्षेत्र न-१ कि अध्यक्ष तथा भारती गुप्ताको अध्यक्षतामा आइतबार सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरि बलिदानी दिवस मनाएका छन् । शहिद चौक लहानमा आइतबार एका बिहान देखी नै मधेसबादी दलका अधिकान्श नेताहरु ले पाल्दै पालो शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरी गरि शहिदहरुको सम्झ्नालाई यौगौ युग सम्म बर्क्रार राख्न कार्यक्रम मनाएको हो ।बलिदानी दिवसको अवसरमा राष्ट्रिय जनता पार्टीका नेताहरुले सिरहाको लहान ग्रामीण चौका स्थित रहेको लहान मेरि चिल्डरेन का छात्र – छात्रा हरुलाई कापि , कलम र फलफुल वितरण गरेका छन् । कार्यक्रम मा राजपा पार्टीका भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ विद्यार्थी नेता महेश सिंह महतो , बिनिता चौधरी , सन्ध्या पसमान बिसुन्देब सरदार , बिनिता शरण लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने राजपा पार्टीका नेताहरु क्रमशः रामरिझन यादव,जयनारायण यादब,मनोज यादव , देबनारायण यादव,बिनोद यादव, नेत्री भारती गुप्ता तथा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ता लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।
![सहिदहरुको सम्झनामा राष्ट्रिय जनता पार्टीले बलिदानी दिवस मनायो](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2020/01/82387401_178842783230548_8615270410805575680_n.png?fit=659%2C537&ssl=1)