सिराह नगरपालिका द्वारा विपन्न वर्गलाई कम्बल वितरण ।

सिराह नगरपालिका द्वारा विपन्न वर्गलाई कम्बल वितरण ।

राजेन्द्र महतो, लहान।
गरिब , असाहाय जेष्ठ नागरिक, विपन्न वर्ग र सुत्केरी महिलाहरुलाई कम्बल वितरण गएिको छ । केहि दिन यता पश्चिमी वायुका कारण बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै सिराह नगरपालिका वडा नं ३ स्थित मखनाहा रमौला का २२छ जना अति न्यून वर्ग, असहाय जेष्ठ नागरिक , सुतकेरी महिला, दलित परिवारलाई आइतबार कम्बल वितरण गरिएको वडा नं ३ का वडाध्यक्ष राम बहादुर मण्डलले बताउनुभयो ।

केहि दिन यता शितलहर सँगसँगै पानी पर्दा जीवन धान्न गाह्रो भइरहेको अवस्थामा सिराह नगरपालिकाले कम्बल वितरण गरे पछि उनिहरुले राहत महसुश गरेका छन् ।

उत्र कम्बल वितरण कार्यक्रममा सिराह नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, सिराह नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिनोद कामती, वडा नं ४ का वडाध्यक्ष इजहारुल , नगरपालिका का कर्मचारी बलराम यादव , बिरेन्द्र यादव र अन्य स्थानीयहरु र पत्रकारहरुको रोहबरमा कम्बल वितरण गरिएको हो ।

सम्बन्धित खवर