अनेरास्ववियू उदयपुर जिल्ला संयोजकमा बिमल कार्की ।

अनेरास्ववियू उदयपुर जिल्ला संयोजकमा बिमल कार्की ।

माघ ६, सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजकको बाँडफाँड टुङ्गो लगाएको छ । दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुिङ्गएको थियो ।

देशकै सबैभन्दा ठुलो तथा गौरवशाली विद्यार्थी संगठन अनेरास्ववियू उदयपूर जिल्ला संयोजकमा पूर्व अनेरास्ववियू क्रान्तिकारीबाट बिमल कार्की र सह संयोजकमा पूर्व एमाले निकट अनेरास्ववियूबाट सरोज अधिकारी चयन भएका छन् ।

उदयपूरबाट अनेरास्ववियू केन्द्रिय कमिटीमा ३ जना चयन भएका थिए । जसमा अनेरास्ववियूबाट केशब चाम्लिङ, रामशरण चौधरी र अनेरास्ववियू क्रान्तिकारीबाट भरत घिमिरे चयन भएका थिए ।

सम्बन्धित खवर