रतुवामाई वैदेशिक रोजगार समितिको पहिलो अधिवेशन माघ ११ मा।

रतुवामाई वैदेशिक रोजगार समितिको पहिलो अधिवेशन माघ ११ मा।

प्रबेश बिष्ट, रतुवामाई ।
रतुवामाई वैदेशिक रोजगार समन्वयन समितिको पहिलो अधिवेशन आउँदो माघ ११ गते शनिबार संस्थाको प्रमुख कार्यलय रतुवामाई ९, भौडाहमा हुने भएको छ । विदेशिएका युवाहरुलाई आफ्नै गाँउ ठाँउमा नै रोजगार सिर्जना गर्ने लक्ष्यका साथ स्थापना भएको यस संस्थाले पहिलो अधिवेशन गर्न लागेको हो ।

यस संस्थाले सामुहिक रुपमा कृषि खेतिलाई मुख्य आधार बनाएर अन्य सानो पुँजीको लगानीमार्फत ब्युटि पार्लर, हेयर कटिङ, सिलाई बुनाइ द्वारा युवा उद्यमी बनाउने लक्ष्य लिएको छ । सामुहिक खेति अन्र्तगत यस समुहले रतुवामाईका विभिन्न स्थानमा जग्गा लिजमा लिएर मकै, तोरी, केराऊ आदि जस्ता हिउँदे बालीबाट खेतीको काम सुरु गरेको थियो ।

नेपाल कृषि प्रधान देश भएता पनि पछिल्लो समय नेपालमै बसि कृषिमा आत्मानिर्भर
हुनेभन्दा विदेश पलायन हुनेको संख्या उच्च छ । विदेश पलायनको दरलाई कम गर्दै आफ्नै जन्मभूमिमा बसेर घर परिवारको यादमा नतड्पि सबै परिवारको साथमा बसेर काम गर्न पाइने खुसि व्यत्त गर्नुहुन्छ ५ वर्ष रोजगारका निम्ती विदेशिएका र यो संस्थाका संयोजक ठगेन्द्र प्रसाद न्यौपाने । वैदेशिक रोजगारको शिलशिलामा आफुले भोगेका दुख कष्ट अरु मानिसहरुले भोग्न नपरोस भनि यो कदम चालेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर