नाङ्गो तस्वीर सामाजिक संजालमा हाल्दिन्छु भनेर धमक्याउने एकजना पथरीबाट पक्राउ

नाङ्गो तस्वीर सामाजिक संजालमा हाल्दिन्छु भनेर धमक्याउने एकजना पथरीबाट पक्राउ

पथरी, सामाजिक संजाल फेसबुकमा एक विवाहितलाई ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन लगाउने एक युवक पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्यलाई महिलाको किटानी जाहेरी पछि प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार विभिन्न खाले धम्की दिँदै डर देखाएर पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ । स्थानिय एक विवाहित महिलालाई पटक पटक फेसबुकमा नाङ्गा फोटा फठाउन लगाउने युवकलाई तीनै महिलाले प्रहरी समक्ष जाहेरी दिएकी थिईन् ।

डिएसपी गिरीका उनकाअनुसार पक्राउ परेका युवाले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको वयानबाट पनि बलात्कार गरेको समेत खुलेको छ । पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको गिरीले बताए । प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला फेला परेका छन् । डीएसपी गिरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गरेपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन् । पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन् । प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ । युवाले बलात्कारका लागि ‘ब्ल्याकमेल’ गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए । पक्राउ परेका आचार्य विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ ।
ओवी डटनेडबाट

सम्बन्धित खवर