सुकम्बासी समस्यामा पनि पक्ष र प्रतिपक्ष, एकैदिन दुईवटा कार्यक्रम

सुकम्बासी समस्यामा पनि पक्ष र प्रतिपक्ष, एकैदिन दुईवटा कार्यक्रम

भीमराज अधिकारी, पथरी

४० वर्ष देखि धनिपूर्जा माग गर्दै आएका मोरङको पथरी शनिश्चरेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समुह पनि अन्ततः दुई भागमा देखा परेको छ । समय समयमा पथरी शनिश्चरेका गाउँ र बजार तताउदै आएको समितिमा खटपटी त थियो नै शनिबार भने दुई भागमा विभाजन भएको प्रष्ट देखिएको छ ।

जहरमान लिम्बूको संयोजकत्वमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बासोबास समस्इा समाधान पहल नगर समिति पथरी शनिश्चरेले शनिबार पथरीको जनआन्दोलन चौकमा कार्यक्रम ग¥यो । कार्यक्रमको मुख्य उद्देश्य हाल सम्म समितिले के के काम ग¥यो भनेर आम सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुलाई जानकारी दिने रहेको समिव देवेन्द्र वनेमले उद्घोष गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी नगर उप प्रमुख यमुना विष्टले अब यो सरकारले पनि पुर्जा दिन नसके अरु कुनैपनि सरकारले सुकुम्बासी समस्या पार नलाउने ठोकुवा गर्नुभयो । विष्टले भन्नुभयो ‘यो सरकार दुईतिहाइको सरकार हो, यो सरकारले अब जसरी पनि पुर्जा दिलाउछ यदि यो सरकारले पनि नसके अरु कुनैपनि सरकारले पुर्जा दिन सक्दैन्न् ।’ कार्यक्रम विष्टले हाल यस क्षेत्रका सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समेत महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।

कार्यक्रममा वक्ताहरुले अब तुरुन्तै हातैमा पुर्जा आइहाल्ला जस्तो भाषण त गरे तर यत्रो वर्ष सम्म पनि दुःख खेपिरहेका सुकुम्बासीहरुले भने पत्याएनन् । भूमि सम्बन्धी ऐन बनेको र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालसंग समेत पटक पटक भेटघाट र छलफल भएको समितिका अध्यक्ष जहरमान लिम्बूले बताउनुभयो ।

यता शनिबार नै मौशम लिम्बूको नेतृत्वमा रहेको सङ्घर्षरत समितिले पनि कार्यक्रम गरेको छ । लिम्बूको नेतृत्वमा रहेको समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु थालेपछि जहरमान नेतृत्वको समितिले निकै लामो समयपछि हिजो कार्यक्रम गरेको हो । जोतभोगका आधारमै जग्गा धनिपुर्जा दिनुपर्ने माग मौशम समुहको छ । तर जहरमान समूह भने जसरी भएपनि समस्या समाधान गर्ने पक्षमा छ । यी दुई समुहले प्रयोग गर्ने शब्दावली पनि फरक छन् । जहरमान समुहले सुकुम्बासी तथा अव्यवस्थित बसोबास भनिरहेको छ भने मौशम समुहले अव्यवस्थित हुदै हैन सुकुम्बासी हामी सबै भन्ने गरेको छ ।

मौशम लिम्वु नेतृत्वको समितिमा नगरका १४ जना सदस्य रहेका छन् । मौसम लिम्वु नेतृत्वको समितिले शनिबार नै युवा र महिला परिचालन समिति पनि गठन गरेको जनाएको छ । सरकारी समिति जस्तो गरेर अभिव्यक्ति दिदै हिड्ने काम मात्रै गरेको मौशमले जहरमान समुहलाई आरोप लगाउनुभयो । तर समुह फुटेको नभएर अझ वढी दवावका लागि दुईवटा समुह बनेको लिम्बुले बताउनुभयो । यस अघि पौष २६ गते पनि मौशम समुहले पथरीको लोकतान्त्रिक चौकमा आमसभा गरेको थियो ।

सम्बन्धित खवर