अचार तालिम सम्पन्न

अचार तालिम सम्पन्न

पथरी, मोरङ पथरी शनिश्चरे वडा नं. ८ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । माघ २ गते देखि सुरु भएको तालिम ३ दिन सम्म संचालन भएको हो । तालिमको शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष बाबुराम दाहालले समापन गर्नुभयो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि वडाले बिनियोजन गरेको महिला लक्षित कार्यक्रम अन्तर्गत ५० हजार रुपैयामा अचार तालिम गरिएको वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम दाहालले बताउनुभयो । आगामी वर्षहरुमा अझै वडाले बजेटको अनुपात बढाएर यस्ता सीपमूलक तालिमहरु आयोजना गर्ने पनि दाहालले प्रतिवद्धता जनाउनुभयो ।

                                                                                           तयारी अचार

वडाको बजेटबाट वडा नं. ४, ८ र ९ को वडा कार्यालय स्तरीय संयुक्त महिला समितिले तालिमको आयोजना गरेको हो । आफुहरुले महिलाहरुलाई व्यावसायिक बनाउनका लागि वर्षैपिच्छे अचार तालिमहरु गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष चन्द्रकला चेम्जोङले बताउनुभयो । आगामी दिनमा समिति दर्ता र अन्य कानुनी प्रकृयाहरु पुरा गरेर अचारलाई व्यावसायिक रुपमा बजारमा पठाउने तयारी रहेको समेत चेम्जोङले बताउनुभयो । ३ दिने तालिमको सहजीकरण अध्यक्ष चेम्जोङ र मूना पाण्डेले गर्नुभएको हो । तालिममा ३० जनाको कोटा भएता पनि ६२ जना सहभागी भएर तालिम लिएको सहभागी बिमला खड्काले बताउनुभयो । बेरोजगारीका कारण भनेको संख्या भन्दा पनि दोब्बर संख्यामा सहभागीहरु रहेको खड्कको भनाइ छ ।

सम्बन्धित खवर