ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु , अन्य ५ जना घाइते

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु , अन्य ५ जना घाइते

 राजेन्द्र महतो लहान माघ ४ गते ।

पुर्व – पश्चिम् राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि बराती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ को २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ को क २०वषीय श्रीप्रशाद मण्डलको उपचार को क्रममा लहान लजादै गर्दा बाटो मृत्यु भएको हो ।

तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई बचाउन खोज्दा पछाडिको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरी ले बताएका छन। अन्य घाइतेहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले बताएका छन। मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाइएको प्रहरी ले बताएका छन। दुर्घटना भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोलबजार ले बताएका छन।

सम्बन्धित खवर