थ्रिस्टार र मनाङ बराबरीमा रोकिए। ।

थ्रिस्टार र मनाङ बराबरीमा रोकिए। ।

प्रबेश बिष्ट, माघ ४, शनिबार 

सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएको दोस्रो खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा थ्रि स्टार क्लब र मनाङ मस्र्यादीं क्लबले २–२ गोलको बराबरीमा खेल्दै अंक बाडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा थ्रि स्टार अंक बाड्न बाध्य भएको हो । खेलको १९ आँै मिनेटमा थ्रि स्टारका लागि नँया खेलाडी लाल राममाभ्राले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको साबिक उपाधि विजेता मनाङ दोस्रो हाफमा अन्जन बिष्टको गोलमा बराबरीमा फर्किएको थियो । खेलको ४८ आँै मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बिष्टले मनाङलाई हारबाट जोगाएका थिए ।

 

फेरी खेलको ७० आँै मिनेटमा अन्जनले दोस्रो व्यक्तिगत गोल गर्दै २ –० को अग्रता बनाए पनि खेलको ८३ आँै मिनेटमा थ्रि स्टारका लाल राममाभ्राले पनि दोस्रो व्यक्तिगत गोल गर्दै टिमको हार जोगाएका थिए । खेलमा २ गोल गरेका मनाङ का खेलाडी अन्जन बिष्ट म्यान अफ द म्याच चुनिएका थिए ।

बराबरीसँगै साबिक विजेता मनाङ शिर्ष स्थानमा रहनबाट पछि परेको हो । बराबरीसँगै मनाङ १३ अंक सहित तेस्रो स्थानमा छ । हिमालयन शेर्पासँगको हारका कारण मचिन्द्र दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको आर्मी तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर