सिरहामा ब्राउन र ह्वाइट सुगरसहित एक जना पक्राउ

सिरहामा ब्राउन र ह्वाइट सुगरसहित एक जना पक्राउ

 राजेन्द्र महतो, लहान माघ ४ गते।

सिरहाको लहान नगरपालिका – १० ग्रामीण चोक स्थित प्रहरीले लागू औषध ब्राउन र ह्वाइट सुगर सहित एक जनालाई पक्राउ गरेका छन्। ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले लहान नगरपालिका -–१० १०ग्रामीण चोक स्थित प्रहरीले शंका लागि चेक जाँच गर्ने क्रममा स ४ प ४७३ नम्बरको मोटरसाइकलमा सवार सप्तरी को सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय प्रेमकुमार चौधरी को साथबाट ब्राउन सुगर १५ ग्राम ९२० मिलिग्राम र ह्वाइट सुगर २०० मिलिग्राम, १ लाख ७ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार ४ सय ४० भारतीय रुपैयाँ, लागुऔषध नाप गर्ने मेसिन एक थान सहित पक्राउ गरेको हो। पक्राउ परेका चौधरी लाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खवर