पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

इनरुवा ,  विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुनसरीको इनरुवामा शनिबार भएको फाइनल नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।  उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त गर्यो । इनरुवा रंगशालामा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ३० ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल साहले २१ रन बनाए । आर्मीका सुशन भारीले ४ विकेट लिए । साहब आलम र कुशल मल्लले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो ।

आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए ।पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३/३ विकेट लिए ।

सम्बन्धित खवर