बेलबारीमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु १ घाइते

बेलबारीमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु १ घाइते

बेलबारीमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आज बिहान बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मेटरसाइकलमा पछाडी सवार कानेपोखरी गाउँपालिका २ का २८ बर्षीय प्रेम दर्जीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक झापा दमक १ का २५ बर्षीय हरी बहादुर बि क र दर्जी घाइते भएपछि उपचारकालागी बिराटनगर स्थित न्युरो अस्पताल लगीएकोमा दर्जीको उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको कार्यालयले बताएको छ ।

सम्बन्धित खवर