नेपालको संविधानभन्दा ‘एमसीसी’ किमार्थ ठुलो हुन सक्दैन : नेता पराजुली

नेपालको संविधानभन्दा ‘एमसीसी’ किमार्थ ठुलो हुन सक्दैन : नेता पराजुली

माघ ३,काठमाडौँ । बिद्यार्थी नेता सुदेश पराजुलीले एमसीसी परियोजना मुलुकका लागी उपयुक्त भएपनि त्यसमा रहेको प्रावधान र शर्तले कार्यान्वयनमा ल्याउन नसकिने बताएका छन । एमसीसीको विषयमा यतिबेला सर्बत्र बहसको विषय बनेको छ । खासगरी नेकपाभित्रै यस विषयमा पक्ष र विपक्षमा रहेर नेताहरुले बहस गरेका छन । पुर्व एमालेका संस्थापन पक्षबाहेक पुर्वएमालेकै अर्को समुह र पुर्वमाओवादी केन्द्रका नेताहरु एमसीसीको विरुद्धमा छन ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन ।–

–नेपाल सदियौदेखि स्वतन्त्र मुलुक हो ।यसले सदैब असंग्लन परराष्ट्र नीति अगाल्दै र त्यसको पक्षमा वकालत गर्दै आएको छ। किनकी हामी भुराजनितिक अबस्थाले एसियाका दुईबटा महाशक्ति देशहरुको बिचमा छौ। कुनैपनी देशको कित्तामा रहदा हाम्रो अस्तित्व संकटमा नपर्ला भन्न सकिँदैन किनकी हामिले सिक्किम आफ्नै अगाडि देखेका छौ ।

अस्ति भर्खरको लद्दाक ,काश्मिर कान्ड हाम्रो आगाडि नै छ । अहिले बिकासको नाममा MCC बाट आउने सहयोग अमेरिकाकै आधिकारिक ब्यक्तिबाट यो पुरानो asia pacific अहिले indo pacific को अंग हो भनेपछी यो हामिले अंगाल्दै आएको परराष्ट्र नितिको सिधै बर्खिलापमा देखिन्छ । सार्बभौमसत्ता सम्पन्न नेपाली जनताको अभुतपुर्ब चाहानाको संबिधानसभाबाट बनेको नेपालको उत्कृष्ट संबिधानसंग MCC का केही प्रावधान बाझिएमा स्वत नेपालको कानुन निष्क्रिय हुने कुरा आम देशभक्त ,न्यायप्रेमी ,प्रगतिशील नेपाली जनतालाई कसरी स्वीकार्य हुन सक्छ  ?

नेपालको १३ अर्ब लागानी हुने ठाउमा नेपालले त्यसको लेखापरीक्षण गर्न नपाउने भन्ने बन्देज सह्रय हुन सक्दैन। यसले प्रशस्त शंकाका आधारहरु पैदा भएका छ्न । नेपाली जनताको पक्षमा नदेखिने सम्पुर्ण कुराहरूलाई बहिस्कार गर्नुपर्दछ। आर्थिक बिकासको नाममा नेपाली जनताको ,संबिधानको सम्रग देशको अपमान सह्य हुदैन । यति बुझ्दा बुझ्दै किन पक्ष र विपक्षमा बहस ???

सम्बन्धित खवर